२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दीपेन्द्र सिंह ऐरीको चमत्कारीक ब्याटिङमा यूएईमाथी नेपालको शनसनीपूर्ण जित

UAE's target of 165 runs for Nepal

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ । यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमै भेटाएको हो ।

नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका मद्दतमा ६२ रन बनाए । कप्तान रोहित पौडेल ४७ रनमा आउट भए ।

दीपेन्द्र सिंह ऐरीले मात्र १५ बलमा ६ चौका र १ छक्का सहित ४० रन बनाए । दीपेन्द्रको चमत्कारीक ब्याटिङले देशलाई अपराजित राख्न मद्दत गर्यो । खेलको सुरुवात देखि अन्तिमसम्म संघर्षपूर्ण अवस्थामा रहेको नेपाल दीपेन्द्र सिंह ऐरी पीचमा आएपछि शनसनीपूर्ण जित दर्ता गराउन सफल बन्यो ।

नेपाल यो शृङ्खलाको फाइनलमा पुगिसकेको छ । आजको खेलमा आशिफबाहेक पहिलो क्रमका ब्याट्सम्यान भने चलेनन् ।

 

प्रकाशित मिति : २०८० कार्तिक ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस