२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

डाइरेक्ट यौन प्रस्ताव राख्छन् – पबी मिस

Offers direct sex - Miss Pabi

काठमाडौं । सोशल मिडियाबाट चम्किएर कलाकार बनेकी “पबी मिस” अर्थात पवित्रा साकीले फेसबुकमा कोही–कोहीले डाइरेक्ट यौन प्रस्ताव राख्ने गरेकोप्रति हैरानी भएको बताएकी छिन् ।’

राधिकासँगको पडकास्टमा पबीले यो कुरा खुलाएकी हुन् । फाइदै उठाउन खोज्नेहरु चै कत्तिको फेस गर्नु पर्यो ? भन्ने प्रश्नमा उनले मलाई कस्तो अन्नोन म्यासेजहरु आइरहेको हुन्छ क्या भन्दै कुरा खोल्न थाल्छिन् । सुरुमा राम्रो तरिकाले बोल्ने पछि–पछि चै ‘स्टे’ गर्न पाइन्छ भन्ने क्या । अनि राधिका डाइरेक्ट भन्छिन् । राधिकाले थप क्लियर गर्न लाइक ‘वान नाईट स्टे’ टाइपको ? भन्छिन् । मिस पबी हो भन्छिन् ।

पबीले केही समय अघि कोही अन्जानहरुले भेटौन भनेर च्याट सुरु गरेको र आफूलेपनि भेट्दैमा के हुन्छ र हुन्छ कफी मीट गरौं भनेर रिप्लाई दिएको बताइन् । त्यसपछि ती व्यक्तिले डाइरेक्ट यौन प्रस्ताव गर्न थालेको खुलाएकी छिन् । त्यस्तो क्रम धेरैले बारम्बार दोहोर्याउने गरेको उनले बताएकी छिन् ।’

पडकास्टमा उनले आफू अब पब्लिक फिगर भइसकेकाले त्यस्ता गलत म्यासेजको लहडमा नफस्ने बताइन् । कोही गलत आशयले शोसल मिडियामा जोडिएको खण्डमा उनीहरुलाई गाली गरेर समय बर्बाद गर्नुभन्दा ब्लक गरिदिने बताइन् । भर्खर पपुलर बन्दै गएकाहरुलाईपनि उनले सचेत हुने गरी यो पडकास्टमा आफ्नो धारणा राखेकी छिन् । कतिपय कलाकार कामकै शिलशिलामा कसैलाई भेट्दा फोटो मात्र खिच्दासमेत मिस यूजको शिकार भएको हुनसक्नेप्रति आँकलन गर्दै उनले सचेत गराएकी छिन् ।’

डडेलधुराकी पवित्रा साकीले केही बर्ष अघिको वैशाखमा घटालथान मन्दिरमा लागेको मेला हेर्न जाँदा आउँदा महसुस गरेको थकान सामाजिक सञ्जाल टिकटकमार्फत् सेअर गरिन्। टिकटकमा उनले पोस्ट गरेको पहिलो भिडिओ जम्मा २० सेकेन्ड लामो थियो। तर दुई दिनमै उक्त भिडिओ झन्डै तीन लाख मानिसले हेरे। कारण थियो सुदूरपश्चिम प्रदेशमा प्रयोग हुने बोलीचालीको डोटेली भाषाको प्रयोग।’

बिस्तारै उनको चर्चा चुलिन थाल्यो। यति सम्मकी हाल उनले म्युजिक भिडिओ, धारावाहिक शृङ्खलादेखि विज्ञापन सम्ममा अभिनय गर्न थालेकी छन्। आफ्नै गाउँ ठाउँमा बोलिने भाषा धेरैले रुचाउँदा आफूलाई अघि बढ्न हौसला मिलेको उनी बताउँछिन्। उनी खुलेर बोल्न रुचाउँछिन् । मिडियामा बोल्दा समेत मन सफा भएको महशुस हुन्छ ।’

प्रकाशित मिति : २०८० कार्तिक ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस