२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

नेपालमा विद्युतीय गाडी चार्जिङ स्टेसन राखेर दैनिक दुई लाख कमाई !

nea charging station

काठमाडौं। कमाउने मौका बारम्बार रहिरहँदैन समयसँगै रुप परिवर्तन हुन्छ । समयमा क्लिक गर्न सकिएन भने आफ्नो भागबाट भागेर जान्छ । पेट्रोल पम्प खोलेर मानिसले खुबै कमाए ।

अब विद्युतीय गाडी चार्जिङ स्टेसनले कमाउन थालेका छन् । विद्युतीय गाडीको बिक्री ह्वात्तै बढेपछि चार्जिङ स्टेसनको व्यापार चम्किएको छ। राजमार्गका विभिन्‍न स्थानमा नेपाल विद्युत प्राधिकरणले संचालनमा ल्याएका स्टेसनमा एकै दिन २ हजार पटक चार्ज भएको छ।

यो चार्जिङ ट्रेन्डले विस्तारै मुलुकमा विद्युतीय गाडीको प्रयोग बढ्दै गएको देखिन्छ। प्राधिकरणका सहायक प्रबन्धक सागर ज्ञवालीका अनुसार एकै दिनमा २ हजार पटकभन्दा बढी गाडी चार्ज हुनुले विद्युतीय सवारी साधनको प्रयोग ह्वात्तै बढेको संकेत गरेको छ।

प्राधिकरणको चार्जिङ स्टेसनबाट मात्रै यो दसैंको एकै दिनमा २१ हजार ९०८ युनिट विद्युत खपत भएको छ। यसवापत प्राधिकरणले एकै दिन १ लाख ८७ हजार २१३ रुपैयाँ संकलन गरेको ज्ञवालीले बताए। अहिले अरु नीजि चार्जिङ स्टेसनपनि कयौं छन् । उनीहरुको कमाईपनि ह्वात्तै बढेको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस