२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

अमेरिका हिडेका हिमालयन बैंकका सीइओ विमानस्थलबाट फिर्ता, इन्टरपोल मार्फत अपराध अभियोग जनाऊ

The CEO of Himalayan Bank who left for America returned from the airport

काठमाडौं । अमेरिका जान हिडेका हिमालयन बैंकका सीइओ अशोक राणा अन्तराष्ट्रिय विमानस्थलबाट फिर्ता पठाइएका छन् । इन्टरपोल मार्फत ‘फाइनान्ससीयल फ्रड’ गरेको अभियोग लागेका कारण उनी नेपाल छोड्न नपाएको खुल्न आएको छ ।’

उनी सहित आँधा दर्जन सञ्चालक दशैंको मुखमा अमेरिकाको भिसा लिएर अन्तराष्ट्रिय विमानस्थल पुगे पनि सीइओ राणा घर फर्काइए । समाचार उच्च स्रोतका अनुसार हिमालयन बैंकका सीइओ राणालाई मलेसियाको एक रेमिटेन्स कम्पनीले पैसा भुक्तानी नदिएको भन्दै इन्टरपोलमा फाइनान्ससियल फ्रडको मुद्दा दर्ता गरेको छ ।’

सीइओ राणालाई अमेरिका जाने बेला नेपालको अध्यागमनमा त्यो पत्र आइसकेकाले नेपाल छोड्न रोक लगाइएको हो । बैंकका आधाँ दर्जन सञ्चालकहरु जनताको पैसामा यतिबेला अमेरिका पुगेका छन् ।’

यति मात्रै होइन हिमालयन बैंकका सीइओ राणा र अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको मिलोमतोमा अन्य सञ्चालकहरुलाई थाह नै नदिइ आँधा दर्जन कर्मचारीलाई जुनियर असिस्टेन्ट पदमा करार नियुक्त गरेको भेटिएको छ । हिमालयन बैंक उच्च स्रोतका अनुसार करारमा काम गरेका हिमालयन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) हरू अनुप मास्के र उज्वलराज भण्डारी करारमा छन् । सहायक प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र प्रधान, विजयमान नकर्मी र मुख्य प्रबन्धक श्याम खत्रीको करार अवधी २ वर्ष थप गरिएको छ ।’

नेपाल राष्ट्र बैंकका सयौं निर्देशनलाई रद्दीको टोकरीमा फाल्दै आएका हिमालयन बैंकका सीइओ राणा माथी अब पनि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले छानबिन नगरे उनीमाथी नै अर्थमन्त्रालयले पुन बर्खास्त गर्ने उच्च स्रोतको दाबी छ । उक्त समाचारका बारेमा बैंकका सीइओ राणालाई सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन ।’

प्रकाशित मिति : २०८० कार्तिक ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस