२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

१० बर्षमा एसएलसी, १७ मा स्नातक, १८ बर्षमा लेक्चर: डा. अल्का भियना विश्वविद्यालय अस्ट्रिया

Dr. Alka Atreya Chudal University of Vienna Austria

भियना । प्रा. डा. अल्का आत्रेय चुडाल अहिले अस्ट्रियाको भियना विश्वविद्यालयमा प्राध्यापन पेसामा छिन् । उनले विद्याबारिधी समेत हासिल गरेकी छिन् । आजभन्दा १५ बर्षअघि अस्ट्रिया पुगेर त्यहाँको विश्वकै उत्कृष्ट मध्येको एक भियना विश्वविद्यालयमा प्राध्यापकको रुपमा अल्का क्रियाशील छिन् ।’

उनी यस्तो उदाहरणीय छिन् की, १० बर्षमा एसएलसी पास गरिन् । १७ बर्षमा नै स्नातक पूरा गरिन् । र १८ बर्षमा नै लेक्चर (प्राध्यापक) बनिन् । उनले अस्ट्रियाको भियना विश्वविद्यालयमा संस्कृत, हिन्दी भाषा–साहित्यमा प्राध्यापन गराउछिन् । उनी आफ्नो जीवनमा असम्भव भन्ने केही छैन भन्ने भित्रैबाट बुझेको बताउछिन् । कुनैपनि मानिसका लागि केहीपनि असम्भव छ भन्ने केही छैन, सुरु गर्यो भने पूरा हुन्छ मैले बुझेको यही हो उनले भनिन् । यही कारण सानो उमेरमा नै आफूले उपलब्धि हासिल गरेको उनको भनाई छ ।’

नेपाली भाषा र साहित्यलाई जर्मन भाषामा रुपान्तरण गर्नदेखि नेपाली र संस्कृतलाई विश्वमाझ फैलाउन उनको ठूलो योगदान छ । देश बाहिर बसेपनि नेपालका लागि अत्याधिक योगदान गर्ने वौद्धिक एक व्यक्तिको रुपमा उनलाई चिनाउन सकिन्छ । ‘

प्रकाशित मिति : २०८० कार्तिक १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस