२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

करणले लिए ओमानको आठौँ विकेट

काठमाडौं । टी—२० विश्वकप छनोट प्रतियोगितामा बिहीबार नेपाल र ओमानबिच समूहगत चरणको खेल भइरहेको छ । नेपालले टस जितेर ओमानलाई पहिलो ब्याटिङको निम्तो दिएको छ । पहिले ब्याटिङ गरेको ओमानले लगातार आफ्नो आठौँ विकेट गुमाएको छ ।

ओमानको आठौँ विकेट करण केसीले लिए । उनले ओमानका ब्याट्सम्यान नसिम खुसीलाई २५ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । करणले नसिमलाई सन्दीप लामिछानेद्वारा क्याच गराए । करणले लिएको यो दोस्रो विकेट हो । नसिमले पेभेलियन फर्किनुअघि १४ बलको सामना गरी दुई छक्का र दुई चौका हिर्काएका थिए । उनी आउट हुँदा ओमानले १७.३ ओभरमा एक सय १८ रन बनाएको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस