२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

विश्वकपमा छनोट हुन नेपालको आज यूएईसँग निर्णायक खेल

Nepali Cricket team

काठमाडौं । आसन्न टी-२० विश्वकपमा छनोट हुन नेपालले आज यूएईसँग निर्णायक खेल खेल्दै छ । जारी विश्वकप छनोटको सेमिफाइनलमा आज नेपालले यूएईसँग खेल्न लागेको हो । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

नेपाल समूह एको उप-विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो। यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ। यूएई लगातार तेस्रो जित हात पारेर समूह विजेता बन्यो।

बिहीबार भएको खेलमा यूएईले हङकङलाई २२ रनले पराजित गर्यो। यसअघि नेपालले लगातार खेल जित्दै ओमानसँग भिड्नुअगावै सेमिफाइनल यात्रा पक्का गरेको थियो। घरेलु मैदानमा जारी टी-९२० विश्वकपको छनोटमा नेपालले युएईलाई हराउन सके विश्वकप पुग्ने छ । यो खेलको विजेता विश्वकपमा छनोट हुने छ ।

नेपालले जारी छनोट प्रतियोगिताअघि हङकङ र यूएईसँग घरेलु मैदानमै त्रिकोणात्मक शृंखला खेलेको थियो । लिग चरणमा दुवै टोलीलाई दुई दुईपटक हराएको नेपाल उपाधि भिडन्तमा भने यूएईसँग पराजित भएको थियो । छनोटअन्तर्गत समूहगत चरणको अन्तिम खेलमा बिहीबार ओमानसँग पराजित भएपछि नेपालले यूएईसँग सेमिफाइलन खेल्नुपर्ने भएको हो ।

 

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस