२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

यूएईलाई धुलो चटाउँदै विश्वकपमा पुगेको नेपालले ओमानसँग बेहोरको हारको बदला फाइनलमा लिने

Nepal reached the World Cup by beating UAE will take revenge against Oman in the final

काठमाडौं । नेपाल १० वर्षपछि आइसिसी ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ। मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको आइसिसी ट्वान्टी–२० विश्वकप छनोट (एसिया क्वालिफायर) को सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै नेपालले उपाधि यात्रा तय गरेसँगै विश्वकपमा स्थान बनाएको हो।

अब नेपालले फाइनलमा ओमानसँग आइतबार खेल्नेछ। फाइनल जित्दै नेपाल समूहको अन्तिम खेलमा ओमानसँग बेहोरको हारको बदला लिने लक्ष्यमा हुनेछ। पछिल्लो पटक सन् २०१४ मा बंगलादेशमा सम्पन्न आइसिसी ट्वान्टी–२० विश्वकप खेलेको नेपालले अब सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले आयोजना गर्ने ट्वान्टी–२० विश्वकप खेल्नेछ।

 

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस