२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

उपाधिका लागि ओमानविरुद्ध नेपालले टस जित्यो

Live match of Nepal and Oman for the T-20 World Cup Qualifier title

काठमााडौं । नेपालले ओमानसँग टस जितेको छ। टस जितेर नेपालले ब्याटिङ गर्ने भएको छ। टियु क्रिकेट मैदानमा हुने खेलमा ओमानले टस हारेर बलिङ गर्ने छ। नेपाल यसअघि नै विश्वकपमा छनौट भइसकेको छ।

यो खेल छनौट श्रृखलाको विजेताका लागि हुने छ। नेपाल अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्ने टी २० विश्वकप खेल्ने छ। नेपालसगै ओमानपनि विश्वकपका लागि छनोट भएको छ। यसअघि नेपाललाई ओमानले समुह चरणको खेलमा पराजित गरेकाले नेपालले त्यसको बदला लिने छ भने ओमान उक्त जितलाई कायमै राख्ने रणनीतिका साथ मैदानमा उत्रने छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस