२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

गुल्सनले गुञ्जाए नेपाल ! नेपाल !! नेपाल !!!

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा ओमानसँग खेलिरहेको नेपालका गुल्सन झाले मैदानभर नेपाल नेपाल नेपाल गुञ्जाएका छन् ।’

एकपछि अर्को गर्दै चार विकेट ढलेकोको अवस्थामा मैदानमा आएका झाले लगातार चौका, छक्का प्रहार गरिरहेका छन् । राम्रो स्कोर जोड्न नपाउँदै नेपाली ब्याट्सम्यान एकपछि अर्को गर्दै ढलेका बेला गुल्सनले १५ बलमा नै तीन छक्का र चार चौका सहित ३६ रन बनाएपछि गुल्सनको सम्मानमा नेपाली खेलप्रेमीहरुले नेपाल ! नेपाल !! नेपाल !!! हुटिङ गरिरहेका छन् ।’

 

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस