२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

पाटन अस्पतालमा सुई हाने लगत्तै दुई बिरामीको मृत्यु, परिवारको उजुरीमा अनुसन्धान

Two patients died soon after injection in Patan hospital

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा औषधी एन्टिवायोटिक औषधी लिए लगत्तै दुइ जना बिरामीको मृत्यु भएको छ। शनिवार दिउँसो ओखलढुङ्गाकी ८६ वर्षीय जनामायाँ राई र ललितपुरका ६८ वर्षीय कृष्णा नगरकोटीको मृत्यु भएको हो। घटनापछि औषधीको कारण दुवैको मृत्यु भएको जनाउँदै बिरामीका आफन्तले विरोध जनाएका छन्। उनीहरुको शव अहिलेसम्म पोस्टपार्टम हुन सकेको छैन।

अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार निमोनियाँ भइ भर्ना भएका दुवैको केही दिनदेखि भर्ना भइ उपचार भइरहेको थियो। मृतक महिलामा निमोनियाँ भएको थियो भने अर्का पुरुष नगरकोटीमा निमोनियाँ साथै कलेजोको रोग पनि थियो। उनीहरु दुवैलाई केहीदिनदेखि ‘सेपिटट्रयाक्सन’ नामक निमोनियाँ बिरुद्धको एन्टिवायोटिक सिरिन्ज मार्फत दिइएको थियो। औषधी दिएको केही समयमै मृत्यु भएकाले दुवैको आकस्मिक मृत्यु जस्तो देखिएको निर्देशक शाक्यले बताए।

औषधी दिएको पन्ध्रदेखि वीस मीनेट भित्रै भएकोले उनीहरुको आकस्मिक मृत्यु जस्तो देखिएको हो। मृत्युको कारण आफन्तले औषधीकै कारण भएको भनी आरोप लगाएपछि अस्पतालले यो व्याचको सवै औषधी संकलन गरी अनुसन्धान गर्ने प्रक्रिया अघि बढेको निर्देशक शाक्यले भने। पीडितहरु कानूनी प्रक्रियामा गएको र गलत उपचार ठहर भएमा सोही अनुसार सजायँ हुने डा. शाक्यले बताए। ‘ कानूनी प्रक्रियामा अघि बढ्नु भएको, गल्ती ठहर भएमा जुनसुकै व्यक्तिले सजायँ भोग्नु पर्छ’ उनले भने।

 

प्रकाशित मिति : २०८० कार्तिक २० गते सोमवार
प्रतिक्रिया दिनुहोस