२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

हनी सिंहले याैन दुर्ववहारकाे आराेप लगाएकी श्रीमतीसँग गरे सम्बन्ध विच्छेद, अदालकाे थियोे यस्तो प्रश्न

काठमाडौं । भारतीय र्‍यापर हनी सिंहले सम्बन्ध विच्छेद गरेका छन्।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार बिहे गरेको १२ वर्षपछि उनले श्रीमती सालिनी तलवारसँग सम्बन्ध विच्छेद गरेका हुन्।

उनीहरुको २ वर्षदेखि अदालतमा सम्बन्ध विच्छेद मुद्दा चलिरहेको थियो। हनी सिंहलाई सालिनीले घरेलु हिंसाको आरोप लगाएकी थिइन्। उनले हनी सिंह र उनको परिवारबाट पटक-पटक शारीरिक, मानसिक र भावनात्मक दुर्व्यवहारमा परेको बताएकी थिइन्।

सम्बन्ध विच्छेदको अनुमति दिनुअघि अदालतले हनी सिंहलाई उनी अझै श्रीमतीसँग बस्न चाहानुहुन्छ भनेर सोधेको थियो त्यसमा उनले अब संगै बस्नुको अर्थ नभएको बताएका थिए।

 

प्रकाशित मिति : २०८० कार्तिक २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस