२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

चर्चित छन्द कविता बाचक सरू गुरागाइँ बनिन् क्यान्सर पूर्ण रुपमा मुक्त

Saru Guragain

काठमाडौं । छन्द कविता बाचन गरेर ख्याति कमाएकी सरू गुरागाइँ क्यान्सर मुक्त भएकी छिन् । सरुका पति मुरारी गुरागाइँले सामाजिक सञ्जालमार्फत सरू क्यान्सर मुक्त भएको जानकारी दिएका हुन् ।

क्यान्सरको अप्रेसनपछि सरूको १० दिनसम्म आईसोलेसनमा राखेर उपचार भएको थियो । जुन प्रक्रियापछि उनी पूर्ण क्यान्सरमुक्त भएको उनले जनाएका छन् । ‘करीब एक बर्ष लामो उपचार पछि आज तिमी क्यान्सर मुक्त भएकी छौं, रोग भन्दा यसको उपचार धेरै कठिन रहेछ, आज यो सबै प्रक्रिया पूरा भएको छ, १० दिनको पूर्ण आईसोलेसन समाप्तिसँगै सरू पूर्ण स्वस्थ भएकी छिन्’, मुरारीले सामाजिक सञ्जालमा लेखेका छन् ।

कोरोनाकालमा जुममार्फत लाइभमा आएर गीतसंगीत र कविताबाट यो दम्पत्तिले प्रसिद्धि कमाएको थियो । सरुले रामायणलगायत केही धार्मिक ग्रन्थहरुमा समेत आवाज भरेकी छिन् । सरु क्यान्सरवाट पीडित भएपछि शुभचिन्तकहरुले गोफण्डमीमार्फत ६८ हजार डलर सहयोग गरेका थिए ।

 

प्रकाशित मिति : २०८० कार्तिक २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस