२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

त्रिविको दीक्षान्त समारोह पुस २ मा, छात्र र छात्राले कस्तो-कस्तो लगाउने पोशाक ?

काठमाडौ । त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आउँदो पुस महिनाको २ गते हुने भएको छ। समारोह काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय भएको त्रिविले एक सूचना जारी गरी जानकारी दिएको हो।

समारोहमा सहभागी हुन छात्र र छात्राले कस्तो-कस्तो लगाउने पोशाक?
त्रिविले उक्त समारोहमा सहभागी हुने विद्यार्थीहरूमध्ये छात्रले कस्तो पोशाक लगाउने र छात्राले कस्तो पोसाक लगाउने भन्नेबारे पनि सोही सूचनामार्फत जानकारी गराएको छ। जसअनुसार छात्रहरूले स्वइच्छा अनुसार कोट, पाइन्ट, टाइमा र भादगाउँले टोपी‍सहित त्रिविले उपलब्ध गराएको गाउन/स्कार्फ/टोपी लगाउनुपर्नेछ।

यसैगरी, छात्राहरूले स्वइच्छा अनुसार औपचारिक पोशाक वा साडी, ब्लाउजमा र त्रिविले उपलब्ध गराएको गाउन/स्कार्फ/टोपी लगाउनुपर्नेछ।  त्रिविले आ-आफ्नो गाउन/स्कार्फ/टोपी पहिरी बिहान ८ बजेदेखि १० बजेभित्र समारोह स्थलमा प्रवेश गरी सिट एरेजमेन्टअनुसार बस्नुपर्ने विश्वविद्यालयले सोमबार जारी गरेको सूचनामा उल्लेख छ।

समारोहमा भाग लिने विद्यार्थीलाई गाउन तथा स्कार्फ वितरण मंसिर २४ गते हुनेछ भने तोकिएको पोशाकमा समारोहस्थलमा उपस्थित हुनुपर्नेछ। यसका साथै दीक्षान्तमा त्रिविले उपलब्ध गराएको पोसाक लिन, कार्यक्रममा सहभागी हुन र प्रमाणत्र लिनका लागि आफूले समारहमा सहभागी हुन भरेको अनलाइन फर्मको फोटोकपी अनिवार्य उपलब्ध गराउनुपर्ने त्रिविले जनाएको छ।

यस्तो छ सूचना:

 

प्रकाशित मिति : २०८० मङ्सिर ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस