२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

कपिल र सुनीलको नयाँ सहकार्य, ६ वर्षको तीक्तता समाप्त

Kapil and Sunil's new collaboration ends 6 years of bitterness

काठमाडौं । कमेडियन कपिल शर्मा र सुनील ग्रोवरबीच ६ वर्षदेखिको तीक्तता मेटिएको छ। आफ्नो पुरानो तीक्तता समाप्त गर्दै यी दुई आफ्नो पुरानो टिमसँग पुन नयाँ सोमा देखिने भएका छन्।

नेटफ्लिक्सको अपकमिङ सोमा दुवै देखिन लागेका हुन्। नेटफ्लिक्सले एक भिडियो सार्वजनिक गर्दै दुवै एकसाथ देखिन लागेको जनाएको छ। उक्त भिडियोमा उनीहरू दुवैले फ्यानहरूलाई नयाँ प्रोजेक्ट आउन लागेको सन्देश दिएको देख्न सकिन्छ। उक्त भिडियोमा दुवैले १९० भन्दा धेरै देशमा आफ्नो प्रोजेक्ट आउने जनाएका छन्।

भिडियोमा कपिलले आफूहरू विश्वका १९० देशमा आउँदै छौँ भन्छन्। उत्तरमा सुनिलले चाहिँ हामी अस्ट्रेलिया भने जाँदैनौँ भनिदिन्छन्। ‘होइन अस्ट्रेलिया त जाने हो, त्यहाँ मानिसहरू हामीलाई कुरिरहेका छन्’, कपिल बोल्छन्। तर सुनिलले एउटा सर्त राख्छन्, ‘हवाईजहाजबाट होइन, सडक भएर जाने। अप कमिङ शोमा उनीहरू सँगसँगै राजीव ठाकुर, किकु शारदा, अर्चना पूरन सिंह र कृष्णा अभिषेक पनि देखिदैंछन्।

के थियो यी दुईको तीक्तताको कारण?

गएको ६ वर्षदेखि यी दुईबीच तीक्तता चलिरहेको थियो। दुवैले कपिल शर्मा सोमा सँगै काम गरेका थिए। उक्त कार्यक्रमलाई उचाइमा पुर्‍याउन उनीहरूले खुबै संघर्ष गरे। तर, आफ्नो सो लिएर उनीहरू ६ वर्षअगाडि अष्ट्रेलिया गएका थिए। अष्ट्रेलियाबाट फर्किने क्रममा फ्लाइटमा झगडा भएको थियो। ह्विस्कीको पूरै बोतल सिध्याएर बसेका कपिलले नशाको तालमा कपिल शर्मा सोका अन्य सदस्यहरूसँग दुर्व्यवहार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका थिए।

सुनीलले सम्झाउन खोज्दा उल्टै उनलाई जुत्ताले हानेर तथानाम गाली गरेको बताइएको थियो। त्यसपछि उनीहरूबीच सहकार्य रोकिएको थियो। सुनीलले निर्वाह गरेका गुत्थी, डाक्टर मशहुर गुलाटीजस्ता पात्रहरू ‘द कपिल शर्मा सो’मा निकै चर्चित र लोकप्रिय थिए।

 

प्रकाशित मिति : २०८० मङ्सिर २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस