२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

आज बेलुका अहिलेसम्मकै अत्याधिक उल्का बर्षा हुने, नेपालमापनि खस्ने

This evening there will be the highest meteor shower ever, it will also fall in Nepal

काठमाडौं । आज बेलुका अहिलेसम्मकै अत्याधिक उल्का बर्षा हुने भएको छ । नेपाली आकाशबाट पनि उल्का बर्षा खसेको देखिने छ । आकाश खुलेको अवस्थामा नेपालको जुनसुकै ठाउँबाट पनि खाली आँखाले नै उल्का वर्षा देख्न सकिने खगोलविदले बताएका हुन ।

आज रातपछि बिहानीपख ३–४ बजेसम्म उल्का वर्षालाई अवलोकन गर्न सकिने र उल्का वर्षालाई खाली आँखाले नै हेर्न सकिने खगोलविदको भनाइ छ । संसारका सबै भागबाट प्रत्येक घण्टा १०० देखि १ सय २० वटा उल्का वर्षा देख्न सकिने बताइएको छ । अमेरिकाको अन्तरिक्ष अन्वेषण निकाय नासाले आज राति हुने उत्का बर्षालाई बर्षाकै ‘उत्कृष्ट’ भनेको छ ।

आज राति हुने उल्का बर्षालाई खगोलविदले ‘जेमिनिड्स’ नाम दिएका छन । आकाशमा जेमिनाई अर्थात् मिथुन राशितिरबाट आएको देखिने भएकाले यो उल्का वर्षालाई वैज्ञानिकले ‘जेमिनिड्स’ नाम दिएका हुन ।

 

प्रकाशित मिति : २०८० मङ्सिर २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस