२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

सामुदायिक विद्यालयको कर्मचारी व्यवस्थापनबारे स्थानीय तहलाई शिक्षा मन्त्रालयले दियो यस्तो निर्देशन

The Ministry of Education has given this instruction to the local level regarding the staff management of public schools

काठमाडौँ । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको व्यवस्थापन सम्बन्धमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा नियमावली २०५९ को नियम १४४ ख को उपनियम (१), (२) र (३) मा व्यवस्था भए बमोजिम सामुदायिक विद्यालयका कर्मचारीको नियुक्ति गर्न गराउन निर्देशन दिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ मा उल्लिखित गाउँपालिका तथा नगरपालिकाको अधिकार अन्तर्गत उपदफा (२ज) को खण्ड (११) मा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान गर्ने विषय उल्लेख रहेको साथै सार्वजनिक विद्यालय समायोजन एवं एकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७ को परिच्छेद ४ को निकायगत भूमिका शीर्षक अन्तर्गत समायोजन एवं एकीकरण भएपछि बन्ने विद्यालयको भूमिका अन्तर्गत बुँदा नम्बर (१२) मा स्थानीय तहको निर्णयका आधारमा विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी व्यवस्थापन गर्ने भन्ने उल्लेख भएको हुँदा सोही अनुसार गर्न मन्त्रालयले आग्रह गरेको छ ।

समायोजित कर्मचारीका बारेमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७८–१२–२० को मन्त्री स्तरको निर्णय अनुसारको सबै शिक्षा विकास तथा समन्वय एकाइहरूलाई यस सम्बन्धमा परिपत्र गरिसकिएको र सो अनुसार समायोजित विद्यालयका कर्मचारीहरूको व्यवस्थापन गर्न मन्त्रालयले आग्रह गरेको छ ।

 

प्रकाशित मिति : २०८० पुष १ गते आइतवार
प्रतिक्रिया दिनुहोस