२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

शक्तिले भरिएको शक्तिपीठ कालिन्चोकको एक पटक दर्शन गरौं

दोलखा । कालिञ्चोक भगवती नेपालको बागमती प्रदेश अन्तर्गतको दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो। साबिकको सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटर उत्तर साबिकको कालिन्चोकगाविसमा अवस्थित यो मन्दिर ३८४२ मिटरको उचाईमा छ। कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ।

कालिञ्चोक डाँडाबाट मनोरम रोलवालिङ हिम शृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ। जनैपुर्णीमा, दशैं, चैते दशैंमा भक्तजनको भीड लाग्ने गर्दछ। कालिञ्चोक चरीकोटबाट एक घण्टामा सडक मार्ग हुँदै गाडीमा जान सकिन्छ । मन्दिरभन्दा केही तल कुरी भन्ने स्थानसम्म गाडी जान्छ ।

त्यहाँबाट केबल कार चढेर मन्दिर नजिक पुगिन्छ । केबल कारबाट ओर्लिएपछिपनि केही पैदल हिड्नुपर्छ । यो मन्दिर डाँडाको चुलीमा छ । डाँडाको चुलीमा समेत सानो कुण्ड रहेकाले यसलाई अत्यन्तै शक्तिले भरिएको स्थानको रुपमा चिनिन्छ । हिन्दूहरूको लागि एक प्रसिद्ध तीर्थ स्थल हो।

चरिकोटदेखि करिव १७ किलोमीटर दुरीमा रहेको कुरी बजार सम्म कच्ची मोटरबाटो बनेको छ। जुन बाटोमा जीप गाडी र मोटरसाइकल चलाउन सकिन्छ। अहिले त यहाँ मिनीबस पनि चल्छन् । कुरी बजार अत्यन्तै सुन्दर छ । यो मौसममा अब केही समय हिँउ पर्ने भएकाले हिँउमा रमाइलो गर्नपनि मानिसहरु जाने गर्दछन् ।

प्रकाशित मिति : २०८० पुष ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस