२०८३ कार्तिक ५ गते बुधवार | 2026 October 21st Wednesday

नेपाल अन्तिम २० मा पनि नपरेको मिस अर्थ २०२३ को उपाधि द्रिता जिरीलाई

Drita Jiri won the title of Miss Earth 2023, Nepal not even in the last 20

काठमाडौं । मिस अर्थ २०२३ को उपाधि अल्बायिनाकी द्रिता जिरीले जितेकी छन् । भियतनाममा सम्पन्न फिनालेमा उनले वातावरण सुन्दरीको ताज जितिन् ।

फिलिपिन्सकी एलना अदुआना फस्ट–रनरअप बन्दै मिस अर्थ एयर घोषित भइन् । भियतनामकी दोथि लाना सेकेण्ड रनरअप बन्दै मिस अर्थ वाटर बनिन् । थाइल्याण्डकी कोरा ब्लिअल्ट थर्ड रनरअप बन्दै मिस अर्थ फायर घोषित भइन् ।

विजेता घोषित भएसँगै जिरीले वातावरण संरक्षणको लागि जनचेतना फैलाउने कार्यको दूत भएर काम गर्नेछिन् । भियतनामको होचि मिन्ह सहरमा भएको फिनालेमा ८४ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गरेका थिए । नेपालबाट मिस नेपाल अर्थ २०२३ रेना मजगैयाँले सहभागिता जनाएकी थिइन् । नेपाल सेमिफाइनल अर्थात अन्तिम २० मा छनोट हुन सकेन ।

 

प्रकाशित मिति : २०८० पुष ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस