२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

क्रिकेटर सन्दीप लामिछाने थप कानूनी उपचारका लागि उच्च अदालत जाने, राखेका छन् न्यायको आशा

Cricketer Sandeep Lamichhane will approach the High Court for further legal remedies

काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने थप कानूनी उपचारका लागि उच्च अदालत जाने भएका छन्। जिल्ला अदालत काठमाडौंले शुक्रबार बलात्कार मुद्दामा क्रिकेटर लामिछानेलाई दोषी ठहर गरेको थियो। अदालतको आदेशपछि सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले जिल्लाको फैसला चित्त नबुझेको बताए।

उनले आफ्नो पक्ष दोषी होइन भन्ने कुरामा आफू विश्वस्त भएको भन्दै थप कानूनी उपचारका लागि उच्च अदालत जाने बताए। यस्तै उनले काठमाडौं जिल्ला अदालतले यथासम्भव छिटो फैसलाको पूर्णपाठ तयार पारी उपलब्ध गराउने विश्वास व्यक्त गरे। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले किशोरी साबालिग रहेको ठहर गरेको थियो।

उच्चबाट शारीरिक सम्पर्क भएको पुष्टि भएपनि साबालिगसँग सहमतिमा भएको शारिरीक सम्पर्क बलात्कार नहुने ठहर गर्नेमा सन्दीप विश्वस्त छन् । तर सन्दीपले एउटै होटलमा मात्र बसेको तर बलात्कार नभएको जिकिर लिँदै आएका छन् । युवतीले भने बलात्कार भएको दाबी गरेकी छिन् ।

 

प्रकाशित मिति : २०८० पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस