नयाँ दिल्ली । सैफ अली खानसँग विवाह गरेपछि करिना कपुरले धेरै समस्याको सामना गर्नु परेको थियो । यसको प्रभाव उनको करियरमा सबैभन्दा बढी देखियो । वास्तवमा सैफसँग विवाह गरेलगत्तै करीना दुई सन्तानकी आमा भइन । जसका कारण उनले आफ्नो फिगर कायम राख्न सकेकी थिइनन् ।
यी सबैका बीचमा दुई सन्तानको बाबु बनेपछि पनि सैफले करीनासँग तेस्रो सन्तान चाहन्छन् भन्ने इच्छा व्यक्त गरेका थिए । करीनाले यो कुरालाई पटक्कै स्वीकार गरिनन् र त्यसैले उनले सैफलाई सबैको अगाडि गाली गरिन् । करिनाको गाली सुनेपछि सैफलाई पनि आफ्नो गल्ती महसुस भएको छ । त्यसपछि उनले आफ्नो इच्छालाई दबाएका छन् । तपाईलाई जानकारी गराऔं सैफ अली खान विश्वका धनीहरुको सूचीमा पर्छन् ।
आफ्नो अत्याधिक सम्पत्तिमा धेरै सन्तानले राज गरुन् भन्ने चाहाना उनको छ । करिना कपुरसँग बच्चा जन्माउनुभन्दा अघि उनका दुई सन्तान छन् । छोरी सारा अलि खान फिल्मकी अभिनेत्री बनिसकेकी छिन् भने छोरा इब्राहिम अली खानपनि निक्कै ठूला छन् । उनीपनि मनोरञ्जन दुनियाँमा जमिरहेका छन् । करिना कपुरबाट जन्मिएका दुई छोरा तैमुर अली खान र जहाँगीर अली खान दुनियाँकै प्यारा बच्चा हुन् । उनीहरुपनि हुर्किरहेका छन् ।

