२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

भान्सामा सजिलै पाइने यी खानेकुरा खान जान्नुभयो भने हुनेछ दिमाग उच्च तेज

If you learn to eat these foods that are easily available in the kitchen, your mind will be sharper

काठमाडौं ।मस्तिष्कको विकासको लागि अन्य कुराहरुको सँगसँगै खानेकुराले पनि महत्वपूर्ण भूमिका खेल्छ । केही यस्ता खानेकुरा छन् जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास गर्न सकिन्छ —

– गोलभेँडामा हुने लाइकोपिन तत्वले शरीरमा स्वतन्त्र रेडिकल्सको सुरक्षा गर्दछ र मस्तिष्क कोषको क्षयिकरण रोक्दछ । त्यसका साथै गोलभेँडामा प्रोटिन, भिटामिन, तथा विभिन्न खाले लवण जस्ता तत्व पाइन्छन् ।
– दहीमा एमिनो एसिड पाइन्छ जसले दिमागी तनाव कम गरी स्मरण शक्तिमा बढोत्तरी गर्न सघाउ पु¥याउँछ ।
– जाइफलको नियमित सेवनले मस्तिष्कलाई स्वस्थ राख्न तथा स्मरण शक्ति बढाउन मद्दत प¥याउँछ ।
– तुलसीको पात दिनको २/३ वटाका दरले खाँदा निकै लाभदायक हुन्छ । यसले छिटो भुल्ने समस्या भएका मानिसलाई समेत फाइदा गर्छ ।
– दिनहुँ ओखर सेवन गर्नाले स्मरण शक्तिको बढोत्तरी हुन्छ । यसमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फाइबर, एन्टी अक्सिडेन्ट जस्ता आवश्यक तत्व पाइन्छन् ।
– स्ट्रबरीको नियमित सेवनले मस्तिष्कका कोषको क्षयीकरण हुनबाट बचाउँछ ।

 

प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस