२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

माविका प्रधानाध्यापक भ्रष्टाचार मुद्दामा दोषी ठहर, तीन वर्ष कैदसहित जरिवाना

 

काठमाडौँ । विशेष अदालत काठमाडौँले गोरखाको नेपाने माविका प्रधानाध्यापक शिवकुमार साहलाई १३ लाख २२ हजार रुपैयाँ बिगो र उत्तिनै जरिवानासहित तीन वर्ष कैद सजाय ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले साहलाई सजाय निर्धारण गरेको अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । अदालतले साहविरुद्ध पुस २४ मा भ्रष्टाचार मुद्दामा कसुर ठहर गरेको थियो।

प्रवक्ता कार्कीका अनुसार विद्यालयका लागि निकासा भएको रकम हिनामिना गरेको आरोप लगाउँदै अख्तियारले मुद्दा दर्ता गरेको थियो। अख्तियारले दर्ता गरेका चार वटा फरक मुद्दामा दोषी ठहर गरेको हो। यस अघि तीन मुद्दामा उनलाई करिब १६ लाख बिगो र त्यति नै जरिवानाको फैसला भएको थियो।

 

प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस