२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

आइसिसी यु–१९ विश्वकप : नेपालले आज पाकिस्तानसँग खेल्दै

ICC U-19 World Cup Nepal will play against Pakistan today

काठमाडौं । आइसिसी यु–१९ विश्वकपमा नेपाली यू–१९ क्रिकेट टोलीले आज पाकिस्तानसँग खेल्दैछ। दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा नेपालले समूहको दोस्रो खेल पाकिस्तानसँग खेल्न लागेको हो। नेपाली समयअनुसार दिउँसो १ : ४५ बजे सुरु हुनेछ।

पहिलो खेलमा न्यूजिल्यान्डसँग नेपाल ६४ रनले पराजित भएको थियो। त्यसैगरी पाकिस्तानलेअफगानिस्तानलाई १८१ रनले हराएको थियो। एसीसी यू-१९ एसिया कपमा पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित भएको भएको थियो।

नेपाली टोली :

देव खनाल (कप्तान), आकाश चन्द, अर्जुन कुमाल, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसन झा, दिपेशप्रसाद कंडेल, विशालविक्रम केसी, दीपक बोहोरा, दीपक बोहोरा, सुवास भण्डारी, उत्तम थापामगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश त्रिपाठी।

 

प्रकाशित मिति : २०८० माघ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस