२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

प्रसूति गृहबाट चोरी भएकी शिशु काँडाघारीमा फेला : किन पर्यो बच्चा चोर्ने बाध्यता ? [भिडियोसहित]

काठमाडौँ, १२ फागुन : काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको नवजात शिशु (बालिका) फेला परेको छ । उक्त अस्पतालबाट शुक्रबार हराएको शिशु काठमाडौँको काँडाघारीमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

“हराएको नवजात शिशु भक्तपुरको काँडाघारीमा फेला परेको छ”, उहाँले भन्नुभयो, “बच्चा लिएर जाने महिलालाई पक्राउ गरेका छौँ ।”

काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भई हाल काठमाडौँको कपन बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठले शुक्रबार दिउँसो प्रसूति गृहबाट आफ्नो २६ दिनको शिशु चोरी भएको भन्दै प्रहरीलाई मौखिक सूचना दिएपछि प्रहरीले खोजीकार्य सुरु गरेको थियो ।

किन पर्यो बच्चा चोर्ने बाध्यता ? भन्ने प्रहरीको प्रश्नमा उनले आफूबाट जायजन्म नभएपछि परिवारको अस्तित्व बचाउनपनि बच्चा चोरी गर्ने निर्णयमा पुगेको बताएकी छिन् । बच्चा चोरेर कुनै अपराधिक कार्य गर्ने उदेश्य हैन । आफैले जन्माएको भन्ने समाजलाई देखाउनका लागि चोरेको प्रारम्भिक बयानमा बताएकी छिन् । तर बच्चा चोरी भएको र आफूलाई सीसी क्यामेरामापनि देखिएको भन्ने समाचार आएपछि लुकाउन सक्दिन भन्ने लागेर त्यागेको बताएकी छिन् ।

 

 

प्रकाशित मिति : २०८० फाल्गुन १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस