२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

गायिका समीक्षा अधिकारी भन्छिन्, “धेरै पटक मार्‍यो तर अहिले म लडाकु जस्तै हुँ”

nepali singer samikshya adhikari

काठमाडौं। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा, नेपाली गायिका समीक्षा अधिकारीले आफ्नो जीवनको अनुभूति र अन्यायका विरुद्ध लड्ने तागतको बारेमा बोलेकी छन् । सोसल मिडियामा एक पोस्ट लेख्दै उनले आफ्नो गाउँमा रहेको परिवारको जीवन र आफ्नो सपनाको बारेमा लेखेकी छन् ।

उनले लेखेकी छन्, “यो लेख्दै गर्दा गाउँमा ममीले घाँस काट्दै हुनुहुन्छ होला । बिहान बेलुकीको घरधन्दा, गाईबस्तु र छोराछोरी । मेरो परिवारको धेरै ठुला सपनाहरू थिएनन् । छैनन् पनि । साँघुरो सपनाहरूबाट फैलिन चाहनु मेरो के गल्ती थियो र ? म त पखेटा फिँजाएर उड्न चाहान्थें । तर बतास बनी कतै उडाएर लैजान खोज्ने धेरै भेटिए ।”

आफ्नो समाजमा नारीको भूमिकाको बारेमा टिप्पणी गर्दै उनी लेख्छिन्, “समाज प्रतिको चेतना आएदेखि मलाई यो समाजले तँ नारी होस्, छोरी भन्ने भान पटक-पटक पार्‍यो । धेरै पटक मार्‍यो । तर पनि उठेँ । हिम्मत हारिन । हार्ने पनि छैन । आजभोलि त मलाई म लडाकु जस्तै लाग्छ । अन्याय जति सह्यो त्यति नै हेपिनुपर्दो रहेछ । त्यसैले अन्यायका विरुद्ध लड्ने तागत सम्पूर्ण महिलाहरूमा आफैबाट आओस् भन्ने कामना सुझाव सहित अन्तर्राष्ट्रिय नारी दिवसको सम्पूर्ण दिदीबहिनी, आमा आन्टीहरूमा शुभकामना व्यक्त गर्दछु । समीक्षा अधिकारी नेपाली फिल्म “नाइँ नभन्नु ल ४” को गीत “बालापन को उमेर” बाट चर्चित भएकी थिइन् । उनले सयौँको सङ्ख्यामा चर्चित गीतहरू गाएकी छन् ।”

प्रकाशित मिति : २०८० फाल्गुन २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस