२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

रंग खेलेर धुमधामसँग मनाइँदै होली

काठमाडौं । देशको पहाडी भेगमा आज उल्लाहसपूर्वक होली पर्व मनाइँदै छ। फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइनेछ। रङ खेलेर खुशी साट्ने होलीपर्वको विशेषता हो।

काठमाडौं उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा होली खेलिँदै छ। नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी भइरहेका छन्। फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलो मात्र गरिँदैन, नाचगान पनि गरिन्छ। वृद्धवृद्धा, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन्।

हिन्दू धार्मिक कथनअनुसार, युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलेका थिए। रङ लगाउँदा भागदौड भएको थियो। यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ। अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ। सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ।

 

प्रकाशित मिति : २०८० चैत्र ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस