२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

दुर्गा प्रसाईंलाई मेडिकल कलेज चलाउने अनुमति दिन सर्वोच्चको आदेश

काठमाडौं । झापाको बीएन्डसी अस्पताललाई मेडिकल कलेज सञ्चालनको अनुमति दिन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ।

अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले बीएन्डसी मेडिकल कलेज सञ्चालनका लागि पूर्वाधार बनाउन अनुमति पाएर भौतिक संरचना तयार गरे पनि सरकारले अनुमति नदिएको भन्दै २०७७ सालमा रिट दायर गरेका थिए। न्यायाधीशद्वय सारंगा सुवेदी र कुमार चुडालको संयुक्त इजलासले चैत १२ मा मेडिकल कलेज चलाउने अनुमति दिन आदेश दिएको हो।

यही मुद्दाको सुनुवाइका लागि जाँदा प्रसाईंले निजी रूपमा राखिएका दुई जना अंगरक्षक दीपक खड्का र राजकुमार धिमाल अर्धस्वचालित हतियार सहित सर्वोच्च छिर्न खोज्दा पक्राउ परेका थिए। उनीहरूलाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८० चैत्र १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस