२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

प्रहरीलाई नथर्काएका थिए भने गायक राजेशपायल राई पक्राउ गर्दैन थियौं : प्रहरी

Singer Rajesh payal Rai would not have been arrested if he had not pushed the police: Police

काठमाडौं । गायक राजेशपायल राईसहित ३ जना पक्राउ परेका छन् । उनीहरु राति २ बजे काठमाडौंको नयाँ बानेश्वरको देवीनगरबाट पक्राउ परेका हुन् । होहल्ला गरेको आरोपमा पक्राउ परेको cले पुष्टि गरे ।

उनका अनुसार राई लगायतका युवाहरुले रक्सी खाएर होहल्ला गरेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । मापसे गरेर रेस्टुरेन्ट अगाडि आपसमा विवाद गरेको थिए । स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी पुग्दा उल्टै प्रहरीलाई नै थर्काएपछि पक्राउ गरिएको प्रवक्ता अधिकारीले बताए ।

स्थिती असामान्य होला कि जस्तो लागेपछि उनीहरुलाई तितरवितर पार्ने सोचमा प्रहरी थियो । तर उल्टै प्रहरीलाई नै धम्कीपूर्ण भाषामा थर्काएपछि नियन्त्रणमा लिइएको हो । आज परिवारको जिम्मा लगाउँदैछौं प्रहरी अधिकारीले जानकारी दिए । मुद्धा नै लगाउनुपर्ने कारण छैन । उनलाई सम्झाई बुझाई परिवारको जिम्मा लगाउँछौं एक अधिकारीले भने ।

 

प्रकाशित मिति : २०८० चैत्र २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस