२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

प्रहरीबाट छुटेपछि राजेशपायल राईको यस्तो छ पहिलो प्रतिक्रिया

काठमाडौं । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा पक्राउ परेका गायक राजेशपायल राईसहित तीनजना कलाकार छुटेका छन् । गएराति काठमाडौँको थापागाउँबाट उनीहरू बिहान छुटेका हुन् । प्रहरी कार्यालयबाट छुटेपछि राईले भने– ‘मेरो स्नोकर पुल हाउस छ । त्यहाँ साथीहरूले होहल्ला गरे । उनीहरूलाई जोगाउन खोज्दा म पनि पक्राउ परे । ’

हामीले यो देशमा योगदान नै नदिएको जस्तो गरी पक्राउ गरिएको उनको गुनासो छ । रक्सी खाएपछि सामान्य होहल्ला जसले पनि गर्ने उनको तर्क छ । राजेशपायल राई लोकप्रिय कलाकार हुन् । राजेशपायल राईले रक्सी छाडेका थिए । पछि फेरि पिउन थालेका हुन् । छुटेलगतै राजेशले भोलि इटहरीमा कार्यक्रम रहेको बताएका छन् । उनले फेसबुकमा लेख्दै त्यता भेट्न भनेका छन् ।

प्रकाशित मिति : २०८० चैत्र २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस