२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

एक दृश्यका लागि ३ दिनसम्म उपवास मात्र बसेनन् शरीरमा पानी सुकाउन भोड्का नै पिए

For one scene he not only fasted for 3 days but dr

काठमाडौं । कलाकारहरू आफ्नो चरित्रका लागि निकै मेहनत गर्छन्। आफ्नो फिल्मको सानोतिनो दृश्यलाई प्रभावशाली बनाउनका लागि कलाकारहरू ज्यान दिएर लाग्छन्। साउथका एक अभिनेताले हालै रिलिज फिल्मको एक सानो दृश्यका लागि तीन दिन खाना पानी केही खाएनन्। यहाँसम्म की आफ्नो शरीरको सबै पानी सुकाउनका लागि यी अभिनेताले भोड्का पिएका थिए।

यी अभिनेता हुन्, साउथका सुपरस्टार पृथ्वीराज सकुमारन। पृथ्वीको हालैमात्र फिल्म ‘आदुजीवितम–द गोट लाइफ’ रिलिज भएको थियो। यो फिल्मले थिएटरमा राम्रो प्रतिक्रिया पाइरहेको छ। फिल्मकाल लगि उनले ३१ किलो वजन पनि घटाएका छन्।

फिल्ममा पृथ्वीराजको ट्रान्सफर्मेशनको तारिफ निकै भइरहेको छ। फिल्मको एक न्यूड दृश्यलाई लिएर हैरान गर्ने कुरा सार्वजनिक भएका छ । फिल्मका छायाकार सुनील केएसका अनुसार पृथ्वीराजले उक्त दृश्यमा दुब्लो देखिनका लागि तीन दिनसम्म उपवास मात्र बसेनन्, तेस्रो दिन शरीरमा पानी सुकाउनका लागि भोड्काको एक सट नै पिए।

उनलाई लोकेसनमा कुर्सीमा बसाएर लगिएको थियो। उनलाई अन्य कलाकारको सहयोगमा कुर्सीबाट उठाएर दृश्य खिचिएको थियो। ब्लेसीद्वारा लिखित र निर्देशित यो फिल्मले एक सातामा ४० करोड रुपैंयाँको कलेक्सन गरेको छ।

फिल्ममा जिमी जीन लुइस र अमला पाल सहायक भूमिकामा छन्। यो फिल्म १६ वर्षमा तयार भएको हो। यसको संकल्प निर्देशकले पहिलोपटक सन् २००८ मा गरेका थिए। सुकुमारन उक्त वर्षको अन्त्यमा त्यो भूमिका निभाउनका लागि तयार भएका थिए। पृथ्वीराज अब बलिउडमा डेब्यू गर्ने तयारीमा छन्। उनी अक्षय कुमार र टाइगर श्राफको प्रतिक्षित फिल्म ‘बडे मियाँ छोटे मियाँ’मा भिलेनको भूमिकामा देखिँदैछन्।

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस