२०८३ कार्तिक ७ गते शुक्रवार | 2026 October 23rd Friday

कुशल भूर्तेल आज पनि शून्य रनमै आउट

काठमाडौं, वैशाख ८ । हङकङ विरूद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो ओभरमै विकेट गुमाएको छ। एसिसी प्रिमियर कप टी-२० क्रिकेटको तेस्रो स्थानका लागि भइरहेको खेलमा ओपनर कुशल भूर्तेल इनिङको दोस्रो बलमा आउट भएका हुन्।

उनलाई हङकङका आयुष शुक्लाले जिशन अलीबाट क्याच आउट गराएका हुन्। शुक्रबार युएईविरूद्धको सेमिफाइनल खेलमा भूर्तेल रोयल डक भएका थिए।

भूर्तेलको विकेटपछि सोमपाल कामी ब्याटिङमा आएका छन्। सेमिफाइनलमा युएईसँग पराजित भएसँगै सन् २०२५ मा हुने एसिया कप खेल्नबाट नेपाल बञ्चित भइसकेको छ। इमर्जिङ टिम्स एसिया कप खेल्नका लागि आजको खेल जित्नैपर्ने दबाब नेपालमाथि छ। हङकङविरूद्धको खेलमा नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन।

प्रकाशित मिति : २०८१ बैशाख ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस