२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

३८ वर्षपछि नेपाली फुटबल टोली युरोपमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दै

काठमाडौं । ३८ वर्षपछि नेपाली फुटबल टोलीले युरोपमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने भएको छ । १७ वैशाखमा इंग्ल्यान्ड उड्ने नेपाली टोलीले अहिलेसम्म प्रतिस्पर्धाको तयारी भने गरेको देखिन्न । मुख्य प्रशिक्षक भिसेन्जो अल्बेर्टो एनेस इटालीमै रहँदा एन्फाले मैत्रीपूर्ण खेलका लागि घोषित २६ खेलाडीलाई प्रशिक्षण दिन सकेको छैन ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बल्ल हिजोबाट भद्रकालीस्थित आर्मीको मैदानमा प्रशिक्षण थालेको छ । राष्ट्रिय टोलीले इंग्ल्यान्डको ‘सी’ डिभिजन टोली एल्डर्सट टाउन फुटबल क्लबविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ । टोली २५ वैशाखमा फर्कने कार्यक्रम छ । धेरैजसो सिनियर खेलाडी मोसफलमा भइरहेको गोल्डकप फुटबल प्रतियोगितामा सहभागी भइरहँदा र मैदानसमेत उपलब्ध नहुँदा एन्फाले राष्ट्रिय टोलीका खेलाडीलाई प्रशिक्षण गराउन नसकेको जनाएको छ । युरोपियन भूमिमा प्रतिस्धर्पा गर्न जाने खेलाडीको राम्रो तयारी हुनुपर्ने खेलाडी संघका अध्यक्ष विक्रम लामाले बताए ।

‘इंग्ल्यान्डको डिभिजन क्लबविरुद्ध राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्न लागे पनि उनीहरूका खेलाडी हाम्राभन्दा स्तरीय छन्, हामीले त्यसका लागि राम्रो तयारी गर्नुपर्छ, तर सामान्यभन्दा सामान्य तयारीका साथ खेल्न जाँदै छौँ,’ १३औँ सागमा नेपाललाई फुटबलमा स्वर्ण दिलाउँदाका कप्तान लामाले भने, ‘मोफसलमा आयोजित गोल्डकप खेले खेलाडीको भरमा युरोपमा खेल्न जानु भनेको हामीहरूको तयारी निकै कमजोर हो ।’

राष्ट्रिय टोलीका व्यवस्थापक उत्तम भण्डारी मैदान अभावका कारण तयारी केही दिन ढिला हुन गएको बताए । ‘हामीले प्रशिक्षणका निमित्त खेलाडीलाई बोलाइसकेका छौँ । उनीहरू अहिले मोसफलको गोल्डकपमा व्यस्त छन्,’ भण्डारीले भने, ‘फेरि सातदोबाटो र च्यासल मैदानमा प्रतियोगिता भइरहेको छ, यसले पनि खेलाडीहरूलाई समयमै अभ्यास गराउन नसकेको हो ।’ राष्ट्रिय टोलीका एक खेलाडीले कमजोर तयारीबीच प्रतिस्पर्धा गर्दा फिटनेसमा समस्या आउने बताए । ‘पछिल्लो समय लिग भएको छैन ।

 

 

प्रकाशित मिति : २०८१ बैशाख १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस