२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

वेष्ट इण्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीमा ४ खेलाडी थपिए

१४ वैशाख, काठमाडौं । वेष्ट इण्डिज ‘ए’विरुद्ध पाँच म्याचको टी–२० सिरिज खेल्ने नेपाली टोलीमा चार सदस्य थपिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काका अनुसार विनोद भण्डारी, सागर ढकाल, कमल सिंह ऐरी र लोकेश बमलाई टिममा थप गरिएको हो ।

आयरल्याण्ड ‘ए’विरुद्ध भएको सिरिजका क्रममा तीव्र गतिका बलर कमल र ब्याटर लोकेश बमले उत्कृष्ट प्रदर्शन गरेका थिए । विनोद भण्डारी नेपाल ‘ए’का कप्तान हुन् भने सागर पनि नेपाल ‘ए’का सदस्य हुन् । उनीहरू थपिएपछि वेष्ट इण्डिज ‘ए’विरुद्ध सिरिज खेल्ने नेपाली टोलीमा २० क्रिकेटर भएका छन् ।

क्रिकेट संघले बिहीबार १६ सदस्यीय टोली सार्वजनिक गरेको थियो । जसमा एसीसी प्रिमियर कप खेलेको टोलीमा आकाश चन्द र आरिफ शेखलाई थपिएको थियो । अब २० सदस्यीय भएको छ । र, वेष्टइण्डिज ‘ए’विरुद्ध घरेलु मैदान, कीर्तिपुरमा हुने पाँच म्याचको सिरिजपछि टी–२० विश्वकप खेल्ने अन्तिम टिम तय हुनेछ ।

नेपाली टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द. विनोद भण्डारी, सागर ढकाल, कमल सिंह ऐरी र लोकेश बम ।

प्रकाशित मिति : २०८१ बैशाख १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस