२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

झापामा परीक्षा दिएर फर्किंदै गर्दा किशोरीमाथि शिक्षकबाटै गोलि प्रहार

विर्तामोड । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथी गोलि प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको छ। घाइते किशोरीले आफूमाथि गोली प्रहार गर्ने व्यक्ति सिरहाका अमितकुमार यादव भएको प्रहरीलाई बताएकी छन्।

शुक्रबार दिउँसो दमक नगरपालिका ५ जेष्ठ नागरिक भवन अगाडि उदयपुरको लिङचुङबुङ गाउँपालिका ३ की १८ वर्षकी एनिका अधिकारी गजमेरमाथि गोली प्रहार भएको थियो। उनकै पूर्व शिक्षकले गोलि प्रहार गरेको निस्कर्षमा प्रहरी पुगेको हो।

२ वर्ष पहिले ती शिक्षकविरुद्ध एनिकाले प्रहरीमा उजुरी गरेकी थिइन्। उजुरी गरेपछि फरार रहेका शिक्षकले उजुरी फिर्ता लिन दबाब दिँदै आएका थिए। उजुरी फिर्ता नलिएपछि उनले गोलि प्रहार गरेको ती किशोरीले प्रहरीलाई जानकारी दिएकी छन्। प्रहरीले अहिले फरार व्यक्तिको खोजि गरिरहेको छ।

 

प्रकाशित मिति : २०८१ बैशाख २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस