२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

बैङ्गलोरको प्ले अफमा पुग्ने सम्भावना कायमै, पञ्जाब लिगबाटै बाहिरियो

काठमाडौँ । पञ्जाब सुपर किङ्ग्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटबाट बाहिरिएको छ। गयराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैङ्गलोरसँग ६० रनले पराजित भएसँगै पञ्जाब लिगबाट बाहिरिएको हो। धर्मशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्न उत्रेको बैङ्गलोरले निर्धारित ओभरमा ७ विकेट गुमाएर २४१ रन बनायो। २४२ रनको लक्ष्यसहित मैदान उत्रेको पञ्जाब १७ ओभरमा अलआउट हुँदै १८१ रन मात्रै बनाउन सक्यो।

जितसँगै बैङ्गलोरले प्ले अफमा पुग्ने आफ्नो सम्भावनालाई कायमै राखेको छ भने पराजित पञ्जाब लिगबाटै बाहिरिएको छ।

बैङ्गलोरको जितका लागि विराट कोहलीले सर्वाधिक ९२ रनको पारी खेले भने रजत पाटीदारले ५५ अनि क्यामरुन ग्रिनले ४६ रन जोडे।

पञ्जाबलाई जितबाट रोक्नका लागि बैङ्गलोरका मोहम्मद सिराजले सर्वाधिक ३ विकेट लिँदा स्वपनिल सिंह, लकी फेरगुसन र करण शर्माले समान २÷२ विकेट हात पारे।

प्रकाशित मिति : २०८१ बैशाख २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस