२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

बेल्जियम निवासी नेपाली कलाकार उज्ज्वल केसीको हृदयघातबाट निधन

काठमाडौं। लामो समयदेखि युरोपको बेल्जियममा बस्दै आएका नेपाली कलाकार, रेडियोकर्मी तथा टेलिभिजनकर्मी उज्ज्वल केसीको निधन भएको छ। आइतबार हृदयघातबाट उनको निधन भएको केसीका साथी देवु श्रेष्ठले बताए।

केसीले नेपालमा रहँदा रेडियो र टेलिभिजनमा कार्यक्रम सञ्चालन तथा चलचित्र र टेलिभिजन सिरिजहरूमा अभिनय गरेका थिए।

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस