२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

नेदरल्याण्ड्सले टी–२० विश्वकपका लागि टोली घोषणा गर्‍यो, भारतीय मुलका तीन जना समावेश

netherland announce team for t20 world cup

काठमाडौं । नेदरल्याण्ड्सले अर्को महिना अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि सोमबार १५ सदस्यीय टोलीको घोषणा गरेको छ । यो टोलीको नेतृत्व अनुभवी स्कट एडवर्ड्सले गर्नेछन्। यो विश्वव्यापी प्रतियोगिता जुन १ तारिखदेखि आयोजना हुनेछ । रोयल डच क्रिकेट एसोसिएसनले हालै आयोजक नेपाल र नामिबियाबीचको त्रिकोणात्मक शृङ्खलामा सामान्य प्रदर्शन गरे पनि २७ वर्षीय एडवर्ड्सलाई कप्तानमा राखेको छ ।

टोलीमा भारतीय मूलका तीन खेलाडी समावेश
एडवर्ड्सले नेदरल्याण्ड्सका लागि ५६ टी–२० अन्तर्राष्ट्रिय खेलमा १२२ को स्ट्राइक रेटमा ६७१ रन बनाएका छन् । भारतीय मूलका क्रिकेटर तेजा निदामानुरु, विक्रम सिंह र आर्यन दत्त पनि टोलीमा परेका छन् । तर, कोलिन एकरम्यान भने टोलीमा परेका छैनन् । टोलीका मुख्य प्रशिक्षक रायन कुकले भने, ‘हामीले सन्तुलित टोली छनोट गरेका छौं र यो टोलीले अमेरिका र वेस्ट इन्डिजको अवस्थामा राम्रो प्रदर्शन गर्नेमा विश्वस्त छौं । सबै खेलाडीहरूले राम्रो अभ्यास गरिरहेका छन् र हामीले हालै केही राम्रो प्रदर्शन देखेका छौं।

टी–२० विश्वकपका लागि नेदरल्याण्ड्सको टोली
स्कट एडवर्ड्स (कप्तान), आर्यन दत्त, बास डी लीडे, डेनियल डोरम, फ्रेड क्लासेन, काइल क्लेन, लोगान भान बेक, म्याक्स ओडाउड, माइकल लेविट, पल भ्यान मिकरेन, साइब्रान्ड एंगेलब्रेच, तेजा निदामानुरु, टिम प्रिन्गल, विक्रम सिंह, वेस्ली ब्यारेसी।

प्रकाशित मिति : २०८१ बैशाख ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस