२०८३ कार्तिक ५ गते बुधवार | 2026 October 21st Wednesday

चलचित्र ‘सतीदेवी’ साउन ४ मा रिलिज हुने

काठमाडौं, जेठ १ गते । चलचित्र ‘सतीदेवी’को साउन ४ गतेदेखि प्रदर्शन हुने भएको छ । फस्टलुक पोष्टर सार्वजनिक भएदेखि नै चर्चामा रहेको चलचित्रको प्रदर्शन मिति तय गरिएको हो ।

लक्ष्मण सुवेदीको लेखन,निर्माण अनि निर्देशनमा बनेको फिल्मलाई मोफसलम एफडि कम्पनी र राजधानीमा रिच इन्टरटेन्मेन्टले बितरण गर्नेछ । सेन्सर बोर्ड तथा बिशेष प्रदर्शनीबाट उत्कृष्ट प्रतिक्रिया पाएको फिल्मले गत माघमा सौराहमा सम्पन्न सौराह दक्षिण एशियाली चलचित्र महोत्सवमा सर्वोत्कृष्ट चलचित्र र शिव रेग्मी सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेको थियो ।

त्यसैगरी, हालै रामेछापमा सम्पन्न तेश्रो नेपाल ग्रामिण चलचित्र महोत्सबमा ‘सतीदेवी’ ले सर्वोत्कृष्ट चलचित्र,सर्वोत्कृष्ट स्क्रीप्ट (लक्ष्मण सुवेदी) र सर्वोत्कृष्ट अभिनेत्री (मलिका महत) जुरी मेन्सन अवार्ड जितेको थियो ।

चलचित्रमा मलिका महत शीर्ष भूमिकामा रहनुभएको छ भने उहाँको साथमा बाल कलाकारद्वय हर्षिका वली र मञ्जिला बानियाँ, रमेश बुढाथोकी, भोला सापकोटा,सन्दीप बाबु लोहनी, कुलबहादुर अधिकारी, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशी, इश्वरी सिंह, पवन केसी र जगदिश अधिकारी लगायतको अभिनय छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस