२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

टी–२० विश्वकपपछि रहने छैनन् भारतको मुख्य प्रशिक्षक द्रविड

Dravid will not stay as India's head coach after T-20 World Cup

काठमाडौं । टी–२० विश्वकपपछि भारतीय टोलीमा ठूलो परिवर्तन हुने पक्का छ । बीसीसीआईले भारतीय टोलीको मुख्य प्रशिक्षक पदका लागि आवेदन आह्वान गरेको छ । सोमबार बीसीसीआईले यो जानकारी दिएको हो। बोर्ड सचिव जय शाहले भर्खरै एक बयान दिएका थिए कि टीम इण्डियाले टी–२० विश्वकप पछि नयाँ प्रशिक्षक पाउनेछ।

स्रोतका अनुसार अब फेरि राहुल द्रविडले आवेदन दिने छैनन् । यदि उनले आवेदन दिएनन् भने भारतीय टोलीले नयाँ प्रशिक्षक पाउनेछ। गत वर्ष एकदिवसीय विश्वकपपछि द्रविडको सम्झौता समाप्त भएको थियो । तर, त्यसपछि बीसीसीआईले उनीसँग कुरा गर्‍यो र उनलाई यो वर्ष हुने टी–२० विश्वकपसम्म आफ्नो पदमा रहन मनाएको थियो । राहुल अब यो भारी बिसाउने पक्षमा छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस