२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

आईपीएलको पहिलो क्वालिफायर आज

First qualifier of IPL today

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा प्लेअफ चरणको पहिलो क्वालिफायर खेल आज हुँदैछ। आज राति पौने ८ बजे लिगको पहिलो स्थानमा रहेको कोलकाता नाइट राइडर र दोश्रो स्थानको सनराइजर्स हैदराबादबीच अहमदाबादसिथत नरेन्द्र मोदी स्टेडियममा प्रतिस्पर्धा हुनेछ।

आजको विजेताले २६ मे मा हुने फाइनलमा स्थान बनाउँदा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि पुनः दोस्रो क्वालिफायर खेल्ने मौका पाउने छ।

प्रतियोगिता अन्तरगत बुधबार रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्सबीच प्ले अफ चरणको दोस्रो खेल इलिमिनेटर खेल हुनेछ। ​ इलिमिनेटरको विजेताले २४ मे मा चेन्नइमा हुने दोस्रो क्वालिफायरमा स्थान बनाउँदा पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ। यो पटक प्लेअफमा कोलकाता, सनराइजर, रोयल च्यालेन्जर र राजस्थानले आफ्नो स्थान सुरक्षीत बनाएका थिए ।

 

 

प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस