२०८३ कार्तिक ५ गते बुधवार | 2026 October 21st Wednesday

गायिका एलिनालाई श्रीमानले कुटेका हुन्, खटपट भएको हो ? – यस्तो दिइन् स्पष्टिकरण

काठमाडौं । गायिका एलिना चौहान र कन्ट्रोभर्सी आफैंमा परिपूरक झैं बन्दै गइरहेका छन् । जानेर वा नजानेर उनी बारम्बार कन्ट्रोभर्सीमा परिरहेकी हुन्छन् र प्रष्टीकरण दिनु परिरहेको हुन्छ । एलिनाले हिजो धरधरी रुँदै गरेको भिडिओ बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । सो भिडिओले उनका फ्यानहरुलाई चस्का पर्‍यो । भिडिओमा एलिनाको अनुहारमा राता ‘डामहरु’ समेत थिए ।

भिडिओमा एलिनाको गीत चयन र लेखेको ‘क्याप्सन’ ले उनका शुभचिन्तकहरुमा चिन्ता बढायो । एलिनाले भिडिओ बनाइएको भारतीय गीतको बोल छ, थारा पैसा, थारी दौलत, थारी गाडी, थारा नाम, थारा बंगला, थारा गाँव, तुम्ही रखो रे’

यो गीतको भावार्थ हो, तिम्रो पैसा, तिम्रो सम्पत्ति, तिम्रो गाडी, तिम्रो नाम, तिम्रो घर, तिम्रो गाउँ तिमीसँगै राख । यस्तै क्याप्सनमा एलिनाले लेखेकी थिइन्, ‘एउटा वास्तविक पुरुषले तपाईंलाई त्यसबेला पनि सम्मान गर्छ, जब ऊ तपाईंप्रति बहुला भएको हुन्छ । यो सम्झिनु ।’

अर्को भिडिओमा लेखेकी छन्, ‘हेपाइ सहनका लागि कारण होइन प्रेम । गीतले साँच्चै छोयो । एलिनाका फ्यानहरुले यो भिडिओ हेरेपछि श्रीमानसँग केही खटपट परेको त होइन भन्ने अड्कलबाजी सुरु गरे । मिडियाहरुमा पनि भटाभट समाचार आउन थाले । अन्ततः एलिनाले यस विषयमा मुख खोलेकी छन् । सबैले अनुमान गरे जस्तो नराम्रो केही नभएको र आफू सकुशल रहेको उनको भनाइ छ । आफ्नो भिडिओलाई लिएर समाचार बनाइएकोमा एलिनाले असन्तुष्टि प्रकट गरेकी छन् । आफूलाई मन परेको गीतमा एउटा कन्सेप्ट बनाएर भिडिओ बनाएको भन्दै उनले वास्तविकता नबुझीकन समाचार बनाइएको उनको गुनासो छ ।’

प्रकाशित मिति : २०८१ जेष्ठ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस