२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

तान्जिम हसन सकिबको घातक बलिङ, ७ रन खर्चिएर ४ विकेट लिएपछि नेपाल संकटमा

काठमाडौं। बंगलादेशविरुद्ध एक सय ७ रनको लक्ष्य पछ्याइरहेको नेपाल संकटमा परेको छ। नेपालले ७ ओभरमा ५ विकेट गुमाएर २६ रन जोडेको छ।

तान्जिम हसन सकिबले ४ ओभरमा २ मेडन राख्दै ७ रन खर्चिएर ४ विकेट लिए। नेपालका आसिफ शेख १७, कुशल भुर्तेल ४, रोहित पौडेल र सन्दीप जोरा १/१ रन जोडेर आउट भए भने अनिल शाहले खाता खोल्न सकेनन्।

तान्जिमले तेस्रो ओभरमा नेपालका सुरुका दुई विकेट लिएका थिए। त्यसपछि नेपालले तेस्रो विकेटका लागि गरेको ११ रनको साझेदारी तान्जिमले रोहितलाई आउट गर्दै तोडेका थिए।

 

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस