२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

रोहितलाई मैदानमै हिर्काउन खोज्ने बंगलादेशी खेलाडी तान्जिमलाई आईसीसीले गर्‍यो कारबाही

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत नेपाल र बंगलादेशबीचको खेलमा विवाद गर्ने बंगलादेशी खेलाडी तान्जिम हसन सकिबलाई आईसीसीले कारबाही गरेको छ। आइतबारको खेलमा खेल आचारसंहिता उल्लंघन गरेको भन्दै उनले पाउने म्याच फिको १५ प्रतिशत जरिवाना गराएको हो।

नेपालले बंगलादेशले दिएको लक्ष्य पछ्याउने क्रममा तेस्रो ओभरमा उक्त घटना भएको थियो। नेपाली स्किपर रोहित पौडेलसँग उनले खेलकै बीच अनावश्यक विवाद गरेका थिए। तान्जिमले खेलाडी र उनीहरुका सहयोगीका लागि बनाइएको आईसीसी आचारसंहिताको २.१२ को नियम उल्लंघन गरेको पाइएको आईसीसीले जनाएको छ।

खेलमा रोहित ब्याटिङ गर्दै थिए । यता तान्जिम बलिङमा आएका बेला रोहितसँग विवाद गरेका थिए। रोहित समेत आक्रामक बनेपछि अम्पायरले दुईजनालाई छुट्याएका थिए।

 

प्रकाशित मिति : २०८१ असार ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस