२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

युरो कप : रोनाल्डोको कीर्तिमानी खेल, पोर्चुगलको जित

काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गए राति युरो कपमा कीर्तिमानी खेल खेलेका छन्। उनले चेक रिपब्लिकविरुद्धको खेल खेलेसँगै युरोकपको ६ वटा संस्करण खेल्ने पहिलो खेलाडी बनेका हुन्।

३९ वर्षीय रोनाल्डोले देशका लागि २ सय ९ कीर्तिमानी खेल खेल्दै १ सय ३० गोल गरेका छन्। गएरातिको खेलमा रोनाल्डो गोलविहीन बनेका थिए। तर चेक रिपब्लिकमाथि पोर्चगल भने विजयी बन्यो। जर्मनीको लाइपजिगमा मंगलबार राति सम्पन्न खेलमा चेक रिपब्लिकविरुद्ध क्रिस्टियानो रोनाल्डोप्रेरित पोर्चुगलले २-१ गोलको पुनरागमन जित हासिल गरेको हो।

पोर्चुगलको जितमा फ्रान्सिस्को कन्सेईकाओले एक गोल गरे भने अर्को गोल पोर्चुगलले उपहार पाएको थियो। यता, चेक रिपब्लका लागि लुकास प्रोभोडले गरेको गोल सान्त्वना बन्यो। यो जितसँगै जारी युरोकपमा पोर्चुगलले तीन अंक हासिल गर्दै समूह डी को दोस्रो स्थानमा छ। समान खेलबाट समान अंक रहेको टर्की शीर्ष स्थानमा रहँदा पराजित पराजित चेक रिपब्लक तेस्रो तथा जर्जिया पुछारमा रहेको छ।

खेलको ७२औँ मिनेटमा लुकासको गोलमार्फत सुरुवाती अग्रता बनाएको चेक रिपब्लकाले उक्त अग्रता कायम राख्न भने सकेन। ६९औँ मिनेटमा रोबिन ह्रानाकले आत्मघाती गोल गरेपछि पोर्चुगल खेलमा १-१ को बराबरी अवस्थामा फर्कियो। त्यसपछि अतिरिक्त समयको दोस्रो मिनेटमा फ्रान्सिस्कोले गोल गरेपछि पोर्चुगललाई २-१ को पुनरागमन जित दिलाए।

 

प्रकाशित मिति : २०८१ असार ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस