२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

जन्मभूमि नेपाललाई ढोग्दै कर्मभूमिमा फर्किइन देवी प्रतिभा

Devi Pratibha

काठमाडौँ । यति बेला पशुपति मन्दिर परिसर वनकाली हंसमण्डप क्षेत्रमा कोटिहोम लागिरहेको छ। उक्त कोटिहोममा आएकी कथा वाचिके देवी प्रतिभा भारत फर्केकी छिन्। देवी प्रतिभा मंगलबार भारत फर्केकी हुन्। भारत जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी देवी प्रतिभाले जन्मभूमि प्रतिको माया भाव देखाउँदै भुईँलाई ढोगेकी छिन्।

उनले १४ दिनको नेपाल बसाइमा प्रशस्तै चर्चाका साथै विवाद र आलोचनाको पनि सामना गर्नुपर्‍यो। कतिपयले उनले दिएको अभिव्यक्तिको आलोचना गरिरहेका छन्, त कतिले उनको सर्पोट पनि ।

यो भ्रमणभन्दा अगाडि देवी प्रतिभा नेपालमा कमै परिचित थिइन्। नेपालमै जन्मेकी, नेपाली छोरी भए पनि उनले भारतलाई कर्मथलो बनाउँदै आएकी छन्। काभ्रे मण्डनदेउपुरामा उनको जन्म भएको हो। साधुराम पराजुली र इन्दिरा पराजुलीकी माइली छोरी भएर जन्मेकी उनी बाल्यकालदेखि नै वृन्दावन बस्न थालिन्। अहिले उनी भारतका विभिन्न स्थानमा धार्मिक कथा वाचन र प्रवचन दिँदै हिँडिरहेकी छन्। एक महिना चल्ने कोटिहोम गत असार २९ गते सुरु गरिएको थियो। कोटिहोममा सहभागी भक्तजनले करोडौँ रुपैयाँ सहयोग गरिरहेका छन्। तस्बिर: देवी प्रतिभाको सामाजिक सञ्जालबाट

 

 

प्रकाशित मिति : २०८१ साउन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस