२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

साफ यु–२० च्याम्पियनसिप सेमिफाइनल : नेपालकोे भुटानमाथी रोमाञ्चक जित

SAFF U-20 Championship semi-final: Bhutan's lead against Nepal

काठमाडौं। घरेलु टोली नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ। आइतबार भएको सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकरमा हरायो।

नेपालका गोलकिपर जियारेथ शेखले शानदार प्रदर्शन गरे। उनले दोस्रो र तेस्रो प्रहार रोकेका थिए भने नेपालको चौथो प्रहार आफैँले गर्दै गोल गरेक थिए। जियारेथअघि नेपालले सुरुका तीनवटै प्रहारमा गोल गरेको थियो।

दोस्रो हाफमा कुशल देउवालाई सब्स्टिच्युट गरिएपछि कप्तानीको जिम्मा गोलकिपर शेखले पाएका थिए। निर्धारित समयको खेल १-१ गोलको बरारबीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। एन्फा कम्प्लेक्समा भएको खेलमा सुरुवाती अग्रता भुटानले लिएको थियो।

भुटानका जेत्सुएन दोर्जेले ५५ औँ मिनेटमा गोल गरेका थिए। उनले डी बक्सबाहिरबाट फस्ट बार च्यापेर गरेको प्रहार गोल भएको थियो। ७८ औँ मिनेटमा नेपालका निराजन धामीले गोल गरे। उनले एयर बलमा डीबक्सभित्रबाट हेडमार्फत गोल गरेका थिए।

प्रकाशित मिति : २०८१ भाद्र ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस