२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

आँचल शर्मा अभिनीत ‘वर एण्ड बधु’ प्रदर्शनमा

Aanchal Sharma starrer 'Bride and Bride' in performance

काठमाडौँ । शुक्रबार नेपाली सिनेमा हलमा मिलन चाम्स निर्देशित फिल्म ‘वर एण्ड बधु’ प्रदर्शनमा भएको छ। कुनै पनि स्वदेशी तथा विदेशी फिल्म नहुँदा आँल शर्मा अभिनित यस फिल्मले सोलो रिलिजको मौका पाएको हो। पोखरा र काठमाडौँमा प्रिमियर गरिएको यस फिल्मले मल्टिप्लेक्स हलहरुमा राम्रो शो पाएको छ। प्रिमियर शोमा पनि यस फिल्मलाई रूचाइएको थियो।

यस फिल्ममा आँचलसहित नव–अभिनेता विवेक कर्माचार्य मुख्य भूमिकामा छन्। यस फिल्ममा गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टी खड्का, बिजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, सीता न्यौपाने, सुरविर पण्डित, हिउवाला गौतम, यमन श्रेष्ठ लगायतको समेत अभिनय छ।

प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद रहेको फिल्ममा जानुका थापाको लगानी छ। फिल्मको कार्यकारी निर्माता अमित रिजाल हुन्। एलआरके प्रोडक्शनको ब्यारनमा बनेको यो फिल्ममा सुदिप बरालको छायांकन, हिमाल केसीको एक्सन रहेको छ। फिल्मको छायांकन नेपाल र रोमानियामा गरिएको हो।

 

प्रकाशित मिति : २०८१ भाद्र १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस