२०८३ साउन २९ गते शुक्रवार | 2026 August 14th Friday

दसैँघरमा राखियो जमरा

काठमाडौं | काठमाडौंको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा जमरा राखिएको छ।

बिहीबार घटस्थापनाको दिन बिहान उत्तम साइत हेरेर दरबारको दसैँघरमा विधिपूर्वक जमरा राखिएको हो।

दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखेपछि महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन्छ।

दसैँघरमा राखिएसँगै आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ।

आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ।

प्रकाशित मिति : २०८१ असोज १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस