२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

रवि लामिछानेलाई पक्राउ गर्ने ‘तयारी’

कार्तिक २, काठमाण्डाैँ । प्रहरीले सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउको तयारी गरेको छ।विभिन्न सहकारी संस्थाको रकम हिनामिना विषयमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले बुझाएको प्रतिवेदनका आधारमा सरकारको निर्देशनमा प्रहरीले पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई अनुसन्धानका लागि पक्राउ तयारी गरेको हो।

काठमाडौंमा रहेका लामिछानेलाई कास्की प्रहरीको आग्रहमा पक्राउ तयारी गरिएको हो। स्रोतका अनुसार लामिछानेलाई पक्राउ गर्नका लागि प्रहरी तयारी अवस्थामा राखिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि शुक्रबार प्रतिपक्षी दलहरूको बैठकमा रास्वपा सभापति लामिछानेलाई पक्राउ गर्न लागिएकोबारे आफूले सूचना पाएको बताएका थिए । उनले तीन दलको बिहीबार भएको बैठकको कुराकानीबाट त्यस्तो आशय पाएको उल्लेख गरेको एक नेताले बताए ।

प्रकाशित मिति : २०८१ कार्तिक २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस